काठमाडौं—सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको रिक्त रहेको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी तोकेको छ । १२ माघमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरण सञ्चालक समिति अध्यक्षका रुपमा तोकेको हो ।