Techie IT
२०८२ फागुन १६, शनिबार

समाचार

सानिमा रिलायन्सले १०.१७ प्रतिशत नगद लाभाशं दिने


काठमाडौं—सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार शुभ इभेन्टस गोल्फुटारमा कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

अध्यक्ष केडियाले वार्षिक विवरण समेत पेश गरेका थिए । कम्पनीको ९ औं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष ०८१/८२ वार्षिक प्रतिवेदनसहित सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि को आर्थिक वर्ष ०८१/८२ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । 

साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ०५६ रुपैयाँको १०.१७८० प्रतिशतका दरले हुने रकम ५१ करोड ४ लाख १८ हजार ९७०बराबरको नगद लाभाशं करसहित वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ । त्यसैगरी, आर्थिक वर्ष ०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, प्रणालीको विकास, ग्राहकमुखी सेवा, अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रम, शाखा संजालको विस्तार, सूचना प्रविधीको प्रयोग, मजबुत आन्तरिक नियन्त्रण प्रणाली, खर्चमा मितव्ययीता, कर्मचारीहरुको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी सहयोग, सञ्चालक समितिको अभिभावकीय भूमिकाका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी गराए । 

उनले मर्जरमा आएका चुनौतीहरुलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट