Techie IT
२०८२ पौष १५, मंगलबार

समाचार

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट


काठमाडौं—सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ । विभिन्न कारणले समयमै बीमा शुल्क भुक्तानी गर्न असमर्थ ग्राहकलाई  मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको हो । 

पुनर्जागरण अभियान ६ देखि २८ पुससम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । व्यतीत बीमा लेखमा ब्याज छुटको सुविधा लिए पश्चात ६ महिना भित्रमा बीमा लेख समर्पण गरेमा भने छुट पाएको सम्पूर्ण रकम भुक्तानी गराई समर्पण गरिनेछ । 

साथै, बीमालेख परिपक्व हुन १ वर्ष वा १ वर्षभन्दा कम अवधि बाँकी रहेको बीमालेखमा ब्याज छुट नपाइने व्यहोरा कम्पनीले जनाएको छ। सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।  

संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई  व्यतित बीमालेख नवीकरण गरेर मौकाको फाइदा  लिन कम्पनीले अनुरोध गरेको छ । 

सानिमाका देशैभर रहेका १६८ शाखा कार्यालयबाट वा अनलाइन भुक्तानीको माध्यमबाट यस योजनामा सहभागी हुन सकिनेछ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट