काठमाडौं—नेपाली बजारमा एकैदिन सुनको मुल्य ५ हजार ८ सय रुपैयाँ बढेको छ । बुधबार सुनको भाउ ५ हजार ८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार बुधबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९६ हजारमा रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगबार प्रतितोला तीन हजार ८ सय रुपैयाँ घटेर सुन ९ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मुल्य प्रतितोला १ सय ७५ रुपैयाँ बढेर ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ६ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस