Techie IT
२०८२ मंसिर २२, आइतबार

समाचार

मेटलाइफ नेपालले राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई बढाउँदैं


काठमाडौं– गत वर्ष नेपालको राष्ट्रिय क्रिकेट खेलाडीहरूले निडर आत्मविश्वासका साथ विभिन्न टूर्नामेंटहरु खेल्दै आएका छन्—किनकी प्रत्येक स्ट्रोक, ड्राइभ र जितको पछाडि उभिएको थियो मेटलाइफ नेपाल । अब एक वर्षसम्म उनीहरूको बीमाकर्ता र गौरवका साझेदार रहेको मेटलाइफ नेपालले फेरि एकपटक नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो प्रतिबद्धता नवीकरण गरेको छ । 

यसले लाखौं नेपालीको आशा र गर्व बोकेर खेल्ने खेलाडीहरूलाई निरन्तर सुरक्षा प्रदान गर्ने मेटलाइफको विश्वास छ । नवीकरणसहितको साझेदारीले पुरुष र महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू तथा क्यानलाई आर्थिक सुरक्षा र सहयोगको पहुँच निरन्तर दिलाउनेछ र उनीहरूलाई खेल, प्रदर्शन र देशलाई एकतामा बाँध्ने क्षणहरूमा पूर्ण रूपमा केन्द्रित रहन सहयोग गर्ने मेटलाइफले जनाएको छ ।

‘मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ,’ राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका क्रिकेट संघका सचिव पारस खड्काले भने, ‘हाम्रा खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोशका साथ खेलमा केन्द्रित हुन सक्छौं ।’

मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले भने, ‘हाम्रा क्रिकेट खेलाडीहरू नेपालकै गौरव, एकता र दृढताको प्रतीक हुन् । उनीहरूले प्रत्येक प्रदर्शनमार्फत राष्ट्रलाई प्रेरित गर्दा हामी उनीहरूको सुरक्षामा निरन्तर साथ दिन पाउँदा गर्वान्वित छौं । टोलीले आगामी ठूला प्रतियोगिताको तयारी गर्दैगर्दा मेटलाइफ नेपाल उनीहरूको भरोसायोग्य सुरक्षा कवच बनेर साथमा उभिएको छ । जसले हाम्रा राष्ट्रिय हिरोहरूलाई हरेक चुनौती सामना गर्न साहस र आत्मविश्वास प्रदान गर्दछ।  किनभने जब हाम्रा खेलाडीहरू निडर भएर खेल्छन्, नेपालको आत्मविश्वास अझ उज्यालो देखिन्छ ।’

मेटलाइन, इन्क आफ्ना सहायक र सम्बद्घ संस्थाहरुसहित मेटलाइफ वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी, कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको मेटलाइफल अहिले विश्वभर ४० भन्दा बढी बजारहरुमा संचालनमा रहेको छ । यसले संयुक्त राज्य अमेरिका, एसिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । 

मेटलाइफ इन्कको सहायक संस्था संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमाजस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आइरहेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट