Techie IT
२०८३ वैशाख २४, बिहीबार

समाचार

दीपक र सुलभलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं—विशेष अदालतले दीपक भट्ट र शंकर समूहका व्यवसायी सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

बुधबार विशेष अदालतका न्यायाधीसत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट र अग्रवाललाई थप २० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर, अदालतले उनीहरु दुवै जनालाई थप १२ दिन हिरासतमा राख्ने अनुमति दिएको हो । 

भट्ट र अग्रवाल एक महिनादेखि सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि हिरासतमा छन् । अदालतको पछिल्लो आदेशसँगै उनीहरुको हिरासत बसाइँ लम्बिने भएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट