काठमाडौं—एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । १८ जेठमा सम्पन्न बैंक २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।