समाचार
नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई
काठमाडौं—सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको रिक्त रहेको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी तोकेको छ ।
१२ माघमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरण सञ्चालक समिति अध्यक्षका रुपमा तोकेको हो ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्र कला पौडेलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा पदमा कामकाज गर्ने गरी तोक्ने,’ सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भने ।
यस्तै, सुतीखोला जलविद्युत आयोजना, तामाकोशी, माथिल्लो संखुवासभालगायतका आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृत दिने निर्णय पनि सरकारले गरेको गृहमन्त्री अर्यालले बताए ।


तपाईको प्रतिक्रिया दिनुहोस