समाचार
जेन-जी आन्दोलनमा भएको क्षति २० अर्बको ७० करोडभन्दा बढी, कुन इन्स्युरेन्समा कति दाबी ?

काठमाडौं—उथलपुथल ल्याउने गरी २३ र २४ भदौंमा भएको जेन—जी आन्दोलनमा भएको क्षतिमा २० अर्ब ९० करोड रुपैयाँ बढीको बीमा दाबी परेको छ । ३१ भदौंसम्मको नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ क्षतिको दाबी निर्जीबन बीमा कम्पनीहरुमा परेको छ ।
१८ वटा निर्जीवन बीमा कम्पनीहरुमा १९८४ दावी परेका छन् । यो सबै दावी निजी कम्पनीहरुको मात्रै हो ।
सबैभन्दा बढी दि ओरिएन्टल कम्पनी इन्स्युरेन्स कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँको बीमा माग दावी परेको छ । ओरिएन्टलमा ४० वटा माग दावी परेका छन् ।
यस्तै, २५८ माग दाबी परेको सिद्धार्थ प्रिमियर इन्स्युरेन्स लिमिटेडमा ४ अर्ब ९३ करोड २२ लाख ७९ कजार ५०० रुपैयाँ माग दावी परेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस