Techie IT
२०८३ जेष्ठ २६, मंगलबार

समाचार

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको अध्यक्षमा दिनेश सरिया

नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण



काठमाडौं—प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका अध्यक्षमा दिनेश सरिया चयन भएका छन् । ११ मंसिरमा नवनियुक्त सञ्चालक समिति अध्यक्ष सरियाले औपचारिक रुपमा सपथ ग्रहण गरेका छन्। 

नेपाल बीमा क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्ने निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले सरियालाई सपथ गराएका हुन् । 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक शाम्भराज लामिछाने, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका मानव संसाधन प्रमुख विष्णुप्रसाद घिमिरे, कम्पनी सचिव राजेन्द्र पाठकलगायतको उपस्थिती रहेको थियो।

सपथ ग्रहणपछि नवनियुक्त अध्यक्ष सरियाले बीमा क्षेत्रको विकास, नियामकीय मापदण्डको पालना र सुशासनलाई प्राथमिकतामा राख्दै कम्पनीलाई थप सक्षम र जिम्मेवार संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट