Techie IT
२०८२ चैत्र १७, मंगलबार

समाचार

सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पक्राउ



काठमाडौं—सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजकुमार अर्याल पक्राउ परेका छन् । 

सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरित कसुर गरेको भन्दैं अर्याललाई पक्राउ गरेको हो । 

सिआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शिव श्रेष्ठकाअनुसार ५१ वर्षीय अर्याललाई न्यूप्लाजा पुतलीसडकबाट पक्राउ गरिएको हो । 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोही कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्याएको शेयर बाँडफाँड सम्बन्धि कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र सोको प्रतिलिपी फरक—फरक निकायमा पेश गर्दा फरक—फरक देखिएपछि  धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरित कसुर गरेको आरोपमा अर्याललाई पक्राउ गरिएको हो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट