समाचार
११.२९ अंकले घट्यो नेप्से, ५ अर्ब ४१ करोडको कारोबार
काठमाडौं—सेयर बजार परिसूचक नेप्से ११.२९ अंकले घटेको छ । बिहीबार नेप्से ११.२९ अंकले घटेसँगै नेप्से परिसूचक २५९६ अंकमा झरेको छ ।
बुधबार नेप्से २६०७ अंकमा थियो । नेप्से परिसूचक घटेपनि कारोबार भने अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीबार ५ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको थियो ।
बुधबार भने ४ अर्ब ६८ करोडको कारोबार भएको थियो ।


तपाईको प्रतिक्रिया दिनुहोस