Techie IT
२०८२ मंसिर २२, आइतबार

समाचार

एनएमबि बैंकद्वारा डिजिटल नेपालका लागि नयाँ पेमेन्ट गेटवे सुरु



काठमाडौं—एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यो नयाँ सेवाले भौतिक र अनलाइन इ–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ । 

सो गेटवेमार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र माष्टर कार्डमार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्नेछन । यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने बैंकले जनाएको छ । 

पेमेन्ट गेटवेमा थ्री डी सेक्युर (3 D Secure)  प्रविधि समावेश गरिएको छ, जसले कारोबारको प्रमाणीकरणका लागि ओटीपी वा पासवर्ड आवश्यक पर्दछ जसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउने बैंकले जनाएका छ । ‘यसरी कार्डबाट हुने कारोबारहरू धेरै सुरक्षित हुने र अनाधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्दछ,’ बैंकले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘सुरक्षाको यो प्रतिबद्धताले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ  ।’

बैंकले यो सहकार्य ई–कमर्सलाई बढावा दिन र नेपालमा वित्तीय कारोबारको डिजिटलाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण हुने विश्वास लिएको छ । सबैका लागि कार्ड भुक्तानीलाई अझ सजिलो र सुरक्षित बनाएर यो साझेदारीले देशलाई डिजिटल अर्थतन्त्रको दिशामा एक कदम अगाडि बढाउने लक्ष्य लिएको छ । आफ्ना ग्राहकहरूलाई यो सुरक्षित भुक्तानी विकल्प उपलब्ध गराउन चाहने अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा गेटवे जोड्नका लागि एनएमबि बैंकमा सम्पर्क गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट