Techie IT
२०८२ फागुन २६, मंगलबार

समाचार

एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्रयाक्टिस एण्ड म्यानुअल थेरापी सेन्टरमा छुट पाउने


काठमाडौं—एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्रयाक्टिस एण्ड म्यानुअल थेरापी सेन्टर मा सेवा लिँदा विशेष छुट उपलब्ध पाउने भएका छन् । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सुचना अधिकारी जयन्द्र रावलकाअनुसार एनआईसी एशिया र थेरापी सेन्टरबीच सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता पश्चात बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको उक्त सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

उक्त सुविधाको उपयोग गर्न ग्राहकले एनआईसी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ । 

थेरापी सेन्टरसँगको सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको रावलले बताए ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट