समाचार
प्रभु बैंकको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतमा लम्साल
काठमाडौं—प्रभु बैंकको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकका वरिष्ठतम कर्मचारी लम्साललाई कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले १४ मंसिरमै बैंकका प्रमुख कार्यकारी अधिकृत समेत तीन जना कर्मचारीलाई पक्राउ गरेपछि बैक व्यवस्थापनले कार्यबाहक सिईओ नियुक्त गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत अनुसन्धान प्रक्रियामा रहेकाले बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन सञ्चालक समितिले उक्त निर्णय गरेको जनाएको छ । बैंकले सम्पादन हुने सबै किसिमका सेवाहरु सम्पूर्ण शाखा सञ्जालहरुबाट निर्वाध रुपमा सञ्चालन हुने जनाएको छ ।
उक्त अनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, सेयरधनी तथा ग्राहकहरुको हितमा कुनै पनि नकारात्मक असर पर्ने अवस्था नरहेको पनि बैंकले स्पष्ट गरेको छ ।


तपाईको प्रतिक्रिया दिनुहोस