Techie IT
२०८३ असार १५, सोमबार

समाचार

एन आई सी एशियाका ग्राहकलाई स्तुपा अस्पतालका सेवामा १५ प्रतिशत छुट


कठमाडौं—एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ ।

१० चैतमा भएको उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिनकुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन् ।  
 
यो समझदारीसँगै बैंकका ग्राहकले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् भने स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरुले बैंकको क्रेडिट कार्डमा उपलब्ध सेवाहरु प्राप्त गर्नेछन् ।

 साथै, ग्राहकहरुको थप सेवा सुविधाको लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा बैंकको एटिएम सेवा संचालन गर्ने समझदारी पत्रमा उल्लेख छ । 

बैंकका ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरताको प्रयास स्वरूप बैंकले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थासँग गरेको यो सहकार्यबाट बैंकका ग्राहकहरु तथा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थामा आबद्ध कर्मचारी तथा शेयर होल्डरलाई सेवा सुविधामा थप सहज र सुलभ हुने बैंकले विश्वास लिएको ब्राण्डिङ एण्ड मिडिया विभागका प्रमुख धिरेन्द्रप्रसाद वाग्लेले जानकारी दिए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट