Techie IT
२०८२ पौष २९, मंगलबार

समाचार

लक्ष्मी सनराइज बैंक लिमिटेडले १० प्रतिशत बोनस सेयर वितरण गर्ने



काठमाडौं—लक्ष्मी सनराइज बैंक लिमिटेडले १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । १४ पुसमा भएको बैंकको २५ औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०८१÷८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट