Techie IT
२०८२ फागुन १६, शनिबार

समाचार

त्रिवि शिक्षण अस्पतालमा माछापुच्छ्रे बैंकको १२औँ एक्सटेन्सन काउन्टर


काठमाडौं—महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा माछापुच्छ्रे बैंकले आफ्नो १२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ । अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै, बैंकले उक्त काउन्टर सञ्चालन गर्न लागेको हो । 

शिक्षण अस्पतालमा बैंकको एक्सटेन्सन काउन्टर निर्माण गरी सञ्चालनमा ल्याउनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुवासप्रसाद आचार्य तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

सम्झौता पश्चात अस्पतालले उपलब्ध गराएको स्थानमा बैंकले आवश्यक संरचना निर्माण गरी काउन्टर सञ्चालनमा ल्याउने छ ।

यसअघि अस्पताल परिसरमा एटिएम जडान गरी सेवा प्रवाह गर्दै आएको बैंकले उक्त काउन्टरमार्फत शिक्षण अस्पतालमा आउने बिरामीहरूले उपचारका क्रममा बिल भुक्तानी तथा रेमिट्यान्स सेवालगायतका विभिन्न बैंकिङ कारोबार सहज रूपमा प्रदान गर्नेछ ।

बैंकले सरकारी तथा सार्वजनिक निकायहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने अभियानमा थप एक महत्वपूर्ण पहल लिएको छ । बैंकले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सेवाग्राही तथा अस्पतालका आर्थिक कारोबारलाई डिजिटलाइज गर्न सहयोग पु¥याउने छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट