Techie IT
२०८२ मंसिर २२, आइतबार

समाचार

नेपालपे कार्ड ल्याउँदैं एनआईसी एशिया बैंक

कार्ड जारी गर्न एनआईसी एशिया बैंक र एनसीएचएलबीच रणनीतिक सम्झौता


काठमाडौं—एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्ने भएको छ । नेपालपे कार्ड जारी गर्नका लागि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग रणनीतिक सम्झौता गरेको छ । 

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । 

उक्त सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजनाअन्तर्गतको नेपालपे कार्ड आफ्ना ग्राहक महानुभावहरुलाई जारी गर्न बैंक प्रमुख साझेदार बनेको छ भने बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्वीचको प्रमुख साझेदारको रूपमा स्थापित गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिए । 

सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रुपमा परिचित नेपालपे कार्ड (NEPALPAY Card) जारी गर्न बाटो खुलाउनेछ । साथै, देशभरका पीओएस र एटीएम नेटवर्कहरूमार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचनाअन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ । सम्झौताले बैंकका ग्राहकलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गरी डिजिटल बैंकिङ्गप्रति बैंकको दृढ प्रतिबद्धतालाई टेवा दिने बैंकका प्रमुख सूचना अधिकारी रावलले जानकारी दिए ।

‘नेपालपे कार्डमार्फत डिजिटल भुक्तानी गर्दै देशमा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको छ,’ उनले भने, ‘साथै, डोमेस्टिक कार्ड स्कीम योजनामा यस बैंकका ग्राहक महानुभावहरुको सक्रिय सहभागिताले सरल र सहज बैंकिङ्ग सेवा पहुँच पु¥याउनुको साथै देशमा नगदरहित अर्थतन्त्रको विकास गर्न समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।’
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट