Techie IT
२०८२ माघ ७, मंगलबार

समाचार

बैकिङ कसुरमा प्रभु बैंकका सिईओ अशोक शेरचन पक्राउ


तस्विरः प्रभु बैंकको वेबसाइटबाट

काठमाडौं—नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले  प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । 

आइतबार सिआईबीले बैकिङ कसुरमा प्रभुका सिईओ शेरचनलाई पक्राउ गरेको सिआईबीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । 

‘उहाँलाई बैकिङ कसुरमा पक्राउ गरिएको हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘टोली फर्किसकेपछि हामी सबै विवरण दिन्छौं ।’

२२ कात्तिकमा सिआईबीले बैकको केन्द्रीय कार्यलयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । 

यसअघि ११ कात्तिकमा प्रभु समुहका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेका थिए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट