समाचार
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा
काठमाडौं—प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंक व्यवस्थापनले मंगलबारबाट लागु हुने गरी शर्मालाई सिईओमा नियुक्त गरेको हो ।
शर्मा चार वर्ष सिईओको रुपमा प्रभु बैंकको कमाण्ड गर्नेछन् । यसअघिका सिईओ अशोक शेरचनले पदबाट राजीनामा दिएपछि शर्मा नयाँ सिईओका रुपमा प्रभु बैंक प्रवेश गरेका हुन् ।
१० वर्षभन्दा लामो समय बैकिङ क्षेत्रको उच्च पदमा रहेर काम गरिसकेका शर्माले यसअघि सनराइज र माछापुच्छ्रे बैंकको सिईओ भएर अनुभव संगालिसकेका छन् । उनले ग्लोबल आईएमई बैंक र एनएमबी बैंकमा समेत काम गरिसकेका छन् ।


तपाईको प्रतिक्रिया दिनुहोस