समाचार
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार
काठमाडौं—सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । सोमबारको बैंक सञ्चालक समिति बैठकले आचार्यलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
१२ माघ २०८२ देखि लागु हुने गरी आचार्यले सानिमा बैंकको नेतृत्व सम्हाल्नेछन् । उनी यसअघि सानिमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
सानिमा बैंक स्थापनादेखि नै आचार्य सोही बैंकमा कार्यरत छन् । उनीसँग २१ वर्ष लामो बैकिङ अनुभव छ । यो अवधिमा उनले बैंकका १० वटा विभागको प्रमुखका रुपमा समेत काम गरिसकेका छन् ।
आचार्यको कर्जा मूल्यांकन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा संचालक समितिमा अध्यक्ष समेत छन् ।


तपाईको प्रतिक्रिया दिनुहोस