Techie IT
२०८२ कार्तिक ४, सोमबार

समाचार

जापानी प्रविधि जायन्ट सफ्ट बैंक समूहले अमेरिकी कम्पनी इन्टेलमा २ अर्ब डलर लगानी गर्ने


जापानी प्रविधि जायन्ट सफ्ट बैंक ग्रुपले अमेरिकी कम्प्युटर चिप निर्माता इन्टेलमा २ अर्ब डलर बराबरको लगानी गर्ने योजना बनाएको छ । सोमबार दुवै कम्पनीहरुले सफ्ट बैंकले सेमीकन्डक्टर उत्पादन र अन्य उच्च प्रविधिमा अमेरिकाभित्र थप संलग्नता बढाउने जनाएका छन् ।

मंगलबार टोकियोमा सफ्ट बैंकको सेयर ४ प्रतिशतले घटेको थियो। यो समाचारसँगै अहिलेसम्म पुष्टि नभएका ती रिपोर्टहरू पनि आएका छन्, जसअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारले नै इन्टेलमा हिस्सेदारी किन्न सक्नेबारे विचार गरिरहेका छन्।

इन्टेलको सेयर भने मंगलबार बिहान प्रि—मार्केट ट्रेडिङमा ५.४ प्रतिशतलेले बढेको थियो ।

सफ्ट बैंकले दीर्घकालीन सम्भावना हुने कम्पनीहरूमा लगानी गर्दै आएको छ र ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि अमेरिकामा आफ्नो लगानी तीव्र बनाएको छ।

फेब्रुअरीमा अध्यक्ष मासायोशी सोनले ट्रम्प, ओपनएआईका स्याम आल्टम्यान र ओरेकलका ल्यारी एलिसनसँगै स्टारगेट नामक कृत्रिम बुद्धिमत्ता परियोजनामा ५०० अर्ब डलरसम्मको लगानी गर्ने ठूलो घोषणा गरेका थिए।

सफ्टबैंकले इन्टेलको साधारण सेयर २ अर्ब डलरमा  किन्नेछ, जसअनुसार उसले प्रति सेयर २३ डलर तिर्नेछ। यो करिब २ प्रतिशत हिस्सेदारी हुनेछ। सोमबार इन्टेलको सेयर २३.६६ डलरमा बन्द भएको थियो।

‘सेमीकन्डक्टरहरू प्रत्येक उद्योगको आधार हुन्,’ सोनले विज्ञप्तिमा भने, ‘यो रणनीतिक लगानीले देखाउँछ कि अमेरिकामा उच्चस्तरीय सेमीकन्डक्टर उत्पादन र आपूर्ति अझै विस्तार हुनेछन्, जसमा इन्टेलले महत्वपूर्ण भूमिका खेल्नेछ।’

सिलिकन भ्यालीलाई जन्म दिन मद्दत गर्ने इन्टेल पछिल्लो समय एनभिडिया र एएमडीजस्ता प्रतिस्पर्धीहरूभन्दा पछि परेको छ। नयाँ सीईओ लिप—बु ट्यानको नेतृत्वमा कम्पनीले हजारौं कर्मचारी कटौती गरिरहेको छ र लागत कटौती गरिरहेको छ।

इन्टेलले वर्षको अन्त्यसम्ममा आफ्ना ‘कोर’ कर्मचारी संख्या (सहायक कम्पनीहरूबाहेक) ७५ हजारमा ल्याउने योजना बनाएको छ, जुन २०२४ को अन्त्यमा ९९ हजार ५०० थियो। यसअघि नै कम्पनीले १५ प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरिसकेको छ।

हालै ट्रम्पले मार्चमा सीईओ बनेका ट्यानले राजीनामा दिनुपर्छ भनेका थिए, तर गत हप्ता भेटेपछि उनले ट्यानलाई ‘अम्याजिङ स्टोरीवाला’ व्यक्ति भनेका छन्।

युरोन्यूजबाट भावानुवाद



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट