Techie IT
२०८२ पौष १५, मंगलबार

समाचार

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने

बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त


काठमाडौं—मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४५ करोड ३६ लाख  बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले कायम चुक्ता पूँजी ७५ करोड ६० लाख रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका ७५ करोड ६० लाख कित्ता साधारण शेयरको १ :०.६ अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.६ कित्ता साधारण शेयरको अनुपातमा सेयर निष्कासन गर्न लागेको हो ।  त्यसका लागि बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

३ पुसमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारास्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमकाबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् । 

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि कृषक र उपभोक्ताहरुलाई जोड्न संस्थागत मुल्य श्रृंखला व्यवस्थापकको रुपमा कार्यरत अग्रणी कम्पनी हो । कम्पनीले कृषकहरुको लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरुको विकास र उपभोक्ताहरुलाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादनहरु उपलब्ध गराउने सम्बन्धि व्यवसाय गरिरहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट