Techie IT
२०८२ पौष २९, मंगलबार

समाचार

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण शेयर निष्काशन गर्ने



काठमाडौं—नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने १०० रुपैयाँ अंकित दरका २१,०६,००० कित्ता शेयर निष्कासन गर्ने भएको छ । उक्त शेयर बराबर हुन आउने २१ करोड ६ लाख रकम बराबरको २०% प्रतिशत साधारण शेयर निष्काशन गर्न लागेको हो । 

नेशनलले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ । उक्त शेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौतामा उल्लेख छ । 

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्डको कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ । साथैं, बुक बिल्डिङ्ग विधिमार्फत निष्काशित धितोपत्र को लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ ।

कम्पनी कोष व्यवस्थापक रहि पूँजी संकलन कार्य सम्पन्न गरि विविधिकृत प्राइभेट इक्वीटी फण्डको रुपमा ‘नेशनल इक्वीटि फण्ड–१’ र उर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड को रुपमा ‘नेशनल हाईड्रो फण्ड–२’ संचालन गर्दै आएकोे छ । 

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा सरकारी संस्थाहरुको करिब २७% लगानी, विभिन्न बैँक, वित्तिय संस्था एवम् एन.आर.एन. हरुको लगानी रही विगत ३ वर्षदेखि लाभांश वितरण गर्दै आएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट