Techie IT
२०८२ कार्तिक ४, सोमबार

समाचार

जेनजी आन्दोलनको असर सेयर बजारमा, तीन पटक नेगेटिभ सर्किटपछि बन्द


काठमाडौं—जेनजी आन्दोलनको असर सेयर बजारमा देखिएको छ । बिहीबार ९ दिनपछि खुलेको सेयर बजारमा लगातार तेस्रो नेगेटिक सर्किट लागेपछि कारोबार बन्द भएको छ  । 

बिहीबार एकैदिन नेप्से परिसूचक १६०.३३ अंक घटेको छ । तीन पटक नेगेटिभ सर्किट लागेपछि बन्द भएको नेप्स २५११.९१ अंकमा झरेको छ ।

कारोबार सुरु भएको दोस्रो मिनेटमा नै नेप्से १०७.०४ अंक घटेर पहिलो नेगेटिभ सर्किट लागेको थियो । त्यसपछि २० मिनेट कारोबार रोकिएर नेप्से पुनः सुरु भएको थियो । 

तर, दोस्रो पटक कारोबार सुरु भएको केही मिनेटमै १३३.६३ प्रतिशत घटेर नेगेटिभ सर्किट लागेपछि पुनः सेयर कारोबार बन्द भयो । 

४० मिनेटपछि पुनः सेयर बजार खुलेकोमा नेप्से १६०.३३ अंंकले घटेपछि पुनः तेस्रो नेगेटिभ सर्किट लाग्यो । सेयर बजारमा २५११.९१ मा झ¥यो । यससँगै बिहीबारका लागि कारोबार बन्द भएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट