समाचार
दुसित थानी हिमालयन रिसोर्ट आईपीओ ल्याउँदै
सिटिजन्स क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त

काठमाडौं—ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट)ले आईपीओ ल्याउने भएको छ । १७ भदौंमा आईपीओ ल्उाउनका लागि दुषित थानीले सिटिजन्स क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
आईपीओ निष्काशन सम्बन्धि सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक श्री रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड)को प्राथमिक शेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । उक्त समारोहमा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिती रहेको थियो ।
सन् २०२३ को चौथो त्रैमासिक देखि संचालनमा आएको दुसित थानी हिमालयन रिर्सोट काभ्रेपलाञ्चोकस्थित पात्लेखेत धुलिखेलमा अवस्थित लेजेण्डरी थाई होटेल ब्राण्ड दुसित इन्टरनेशनलको फल्यागसिप लक्जरी रिसोर्ट हो। हिमालय र उपत्यकाको मनोरम दृश्यहरूसहितको पहाडको शिरमा रहेको दुसित थानी हिमालयन रिर्सोट अन्तरास्ट्रिय ब्रान्डको संरचना र प्रविधि मापदण्डमा निर्मित छ ।
अन्तराष्ट्रिय हस्पिटालिटी चेन ब्राण्ड दुसित थानीले नेपाल सहित विभिन्न १८ वटा देशमा आतिथ्य सेवा प्रदान गर्दै आइरहेको छ । नेपालमा दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड)ले यसको प्रतिनिधित्व गरेको छ । राजधानी काठमाडौंबाट करिब ३८ कि.मी. मा रहेको दुसित थानी हिमालयन रिसोर्टमा शान्तपूर्ण तथा रमणीय वातावरणमा विभिन्न संघ–संस्थाहरुले आफ्नो सम्मेलन, सेमिनार तथा कार्यक्रमहरु पनि गर्ने गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस