Techie IT
२०८२ असार २३, सोमबार

आईपीओ निकाष्सन गर्दै टाइम फर्मास्युटिकल्स


काठमाडौं—टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधीबाट साधारण सेयर (आईपीओ) निकाष्सन गर्ने भएको छ । आईपीओ निकाष्सनसहितका प्रस्तावमाथि निर्णय लिन कम्पनीले ११ बैशाखमा उधोग परिसर गैडाकोटमा साधारणसभा गर्न लागेको छ । 

टाइमले पुजी वृद्धि गर्ने भएको छ । अहिले कम्पनीको चुक्ता पुँजी ४२ करोड ९१ लाख रुपैयाँ रहेकोमा अब यसलाई बढाएर ४६ करोड रुपैयाँ पु¥याउने प्रस्ताव पारित हुनेछ ।  

सञ्चालक समिति चयन, पूजी वृद्धि, आईपीओ निकाष्सनको प्रक्रियालगायतका प्रस्तावमाथि साधारणसभाले निर्णय लिनेछ । 

डब्लूएचओ जीएमपी सर्टिफाइड कम्पनी टाइम फर्मास्युटिकल्स अक्टोबर १९९५ मा स्थापना भएको हो । अहिले कम्पनीमा २०० भन्दा बढी प्रडक्ट बजारमा छन् ।  टाइममा १३ प्रतिशत अल्फा क्यापिटल लिमिटेड, ९ प्रतिशत राजु कर्मचार्य, ९ प्रतिशत झनकान्त भट्ट र ८ प्रतिशत नारायणबहादुर क्षेत्रीको सेयर स्वामित्व छ । 

यससँगै टाइम नेपाली फर्मास्युटिकल्स उधोगमा आईपीओ ल्याउने दोस्रो औषधि कम्पनी हुनेछ । यसअघि मारुती फर्माले साधारण सेयर ल्याइसकेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट