Techie IT
२०८२ कार्तिक ४, सोमबार

सेयर बजार ४१.३५ अंक घटेर २८३४ विन्दुमा


काठमाडौं—सेयर बजार ४१.३५ अंक घटेर २८३४ को विन्दुमा आएको छ । मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लाग्दैं २८३४ अंकमा आएको हो । 

लघुवित्त र म्युचअल फण्डबाहेका सबै सूचकहरु घटेका छन् । मंगलबार कारोबार सुरु भएको केही सयममा नेप्से परिसूचक २९०५ अंकसम्म पुगेको थियो ।

तर, त्यसपछि बजार निरन्तर ओरालो लागेर २८३४ विन्दुमा आएर अडकिएको हो । बजार निरन्तर ओरालो लागेपछि कारोबार रकम पनि घटेको छ । मंगलबार ९ अर्ब ३३ करोड रुपैयाँ कारोबार भएको छ । सोमबार भने १० अर्ब ८२ करोडको कारोबार भएको थियो ।  

सेयर बजारका अधिकांश समूहका सूचक घटेका छन् । बैंकिङ १.०४, विकास बैंक २.५५, फाइनान्स १.६८, होटल तथा पर्यटन ०.८४, हाइड्रोपावर १.५९, लगानी १.८०, जीवन बीमा १.४७, उत्पादन तथा प्रशोधन १.६१, निर्जीवन बीमा १.२७, अन्य २.८३ तथा व्यापार १.६२ प्रतिशत घटेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट