Techie IT
२०८३ वैशाख ९, बुधबार

समाचार

धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि तीन सदस्सीय समिति गठन



काठमाडौं—सरकारले धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिसका लागि सिफारिस समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सेबोनको अध्यक्ष सिफारिसका  लागि योजना आयोगका उपाध्यक्ष डा. गुणाकरण भट्टको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरेको हो ।  

डा. भट्टको संयोजकत्वमा गठित समितिमा अर्थमन्त्रालय सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन दाहाल सदस्य रहेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

गत शुक्रबार सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएसँगै सरकार नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट