Techie IT
२०८२ चैत्र ११, बुधबार

समाचार

सेयर बजार ८ महिना यताकैं उच्च विन्दुमा


काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक २९६०.४० को विन्दुमा पुगेको छ । मंगलबार कारोबार सुरु भएदेखि उतारचढाव रहेको नेप्से २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेको हो । 

पछिल्ला ४ दिनयता लगातार बढिरहेको नेप्से मंगलबार पनि बढ्यो । सोमबार तुलनामा नेप्से ०.८१ प्रतिशत बढेको हो । हाल नेप्से पुगेको विन्दु ८ महिना यताकै उच्च हो । 

बजार बढिरहेका बेला आज १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको हो । सोमबार १५ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट