Techie IT
२०८२ कार्तिक ४, सोमबार

समाचार

सुनको मुल्य प्रति तोला २ लाख ५० हजार ९ सय



काठमाडौं—नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । बिहीबार सुनको मुल्य पहिलोपल्ट प्रति तोला २ लाख ५० हजार ९०० पुगेको छ ।  

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ हजार रुपैयाँ बढेको छ । बुधबार नेपाली बजारमा सुन प्रति तोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

नेपाली बजारमा प्रति तोला २ लाख ५० हजार ९०० मा कायम भएको पहिलोपटक हो ।

चाँदी प्रति तोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको भाउ ३५ रुपैयाँ वृद्धि भएको हो । बुधबार चाँदी प्रति तोला ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट