समाचार
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै १ लाख १२ हजार रुपैयाँ

काठमाडौं—नेपाली बजारमा सुनको मुल्यमा दिनदिनै नयाँ कीर्तिमान कायम हुँदै गएका छन् । आइतबार सुनको मुल्य हालसम्मकै उच्च १ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
शुक्रबारभन्दा आइतबार सुनमा प्रतितोला १६ सय रुपैयाँ बढेको हो । शुक्रबार सुन प्रति तोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार थियो ।
आइतबार चाँदीको प्रतितोला २ हजार ५ सय रुपैयाँ पुगेको छ । शुक्रबार २ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस