Techie IT
२०८२ असार २३, सोमबार

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?


काठमाडौं—नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ। सोमबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको हो।

सोमबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  

छापावाल सुन गत शुक्रबार १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार तोलामा १८ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको  छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट