समाचार
सुन तोलामा एकै दिन साढे २० हजार वृद्धि, कीर्तिमानी मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ
काठमाडौं—नेपाली बजारमा सुनको मुल्य एकै दिन प्रति तोला २० हजार ५ सय रुपैयाँ वृद्धि भएको छ । बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ नेपाली बजारमा सुनको मुल्यको ऐतिहासिक रेकर्ड हो ।
बुधबार सुनको प्रति तोला ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मुल्यले पनि निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ ।
बुधबार चाँदीको भाउ प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।


तपाईको प्रतिक्रिया दिनुहोस