Techie IT
२०८२ चैत्र ३, मंगलबार

समाचार

सिद्धार्थ कटेजले धनगढीमा तीन दिने मम महोत्सव आयोजना गर्दै


धनगढी—सिद्धार्थ कटेजले धनगढीमा मम महोत्सव आयोजना गर्ने भएको छ। सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ कटेज धनगढीले १६, १७ र १८ माघमा तीन दिन मम महोत्सव आयोजना गर्न लागेको हो । 

मम महोत्सवमा २०० भन्दा बढी प्रकारका ममको स्वाद लिन पाइनेछ।महोत्सवमा सुदूरपश्चिमका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू समेत रहने सिद्धार्थ ग्रुपका कार्यकारी निर्देशक केशवराज न्यौपानेले जानकारी दिए ।

त्यसबाहेक महोत्सवमा सांस्कृतिक नृत्य, लाइभ ब्यान्ड, कलाकारहरूको प्रस्तुति तथा अन्तिम दिन मम मेकिङ एण्ड कुकिङ प्रतिस्पर्धासँगै पिरो मम खाने प्रतियोगिता समेत रहने निर्देशक न्यौपानेले बताए । तीन—तीन जनाको ७ वटा समूह बनाएर गरिने प्रतिस्पर्धामा फष्ट, सेकेण्ड र थर्ड हुनेलाई पुरस्कार समेत प्रदान गरिनेछ ।

निर्देशक न्यौपानेकाअनुसार स्थानीय स्वाद प्रवर्द्धन, मनोरञ्जन र पर्यटन विकासका टेवा पु¥याउने उद्देश्यका साथ मम महोत्सव आयोजना गर्न लागिएको हो । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट