Techie IT
२०८२ माघ १७, शुक्रबार

समाचार

सुनको मुल्यमा नयाँ कीर्तिमान, प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार


काठमाडौं—नेपालमा सुनको मुल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सोमबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

जुन नेपाली बजारमा कीर्तिमानी बजार मुल्य हो । आज सुन प्रतितोलामा ५ हजार २ सय रुपैयाँ वृद्धि भएर ३ लाख ९ हजार रुपैयाँ पुगेको हो । 

आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै, चाँदीमा प्रतितोला ६५ रुपैयाँ बढेको छ । सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट