समाचार
सुनको मुल्यमा नयाँ कीर्तिमान, प्रतितोला ३ लाख १ हजार ४००
काठमाडौं —नेपाली बजारमा सुनको मुल्यमा नयाँ कीर्तिमान कायम भएको छ । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँको कीर्तिमान मुल्यमा कारोबार भएको छ ।
सुन प्रतितोला शुक्रबार एकै दिन ९ हजार २ सय रुपैयाँ बढेर ३ लाख १ हजार ४०० पुगेको हो । बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि हुँदा नेपाली बजारमा प्रभाव परेको हो ।
शुक्रबार चाँदीको मुल्यमा ३२० रुपैयाँ वृद्धि भएको छ । महासंघकाअनुसार शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।


तपाईको प्रतिक्रिया दिनुहोस