समाचार
सुनको मुल्य ४०० घट्यो, चाँदीको मुल्यमा नयाँ रेकर्ड
काठमाडौं— सुनको मुल्यमा प्रति तोला ४०० रुपैयाँ घटेको छ । बुधबार सुन प्रतितोला ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सुनको भाउ बुधबार प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ तोकेको छ । मंगलबार सुन प्रति तोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
१३ पुसमा सुनको भाउले हालसम्मकै उच्च रेकर्ड बनाउने क्रममा प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकेको छ ।
मंगलबारको तुलनामा बुधबार चाँदी प्रति तोला ५५ रुपैयाँले चाँदी बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
१४ पुसमा चाँदीको भाउ ४ हजार ८९५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो । बुधबार जुन रेकर्ड तोडेर चाँदी प्रति तोला ४ हजार ९३५ रुपैयाँ पुगेको हो ।


तपाईको प्रतिक्रिया दिनुहोस