समाचार
पोखरा विमानस्थल भ्रष्टाचार काण्डः अख्तियारद्वारा ८ अर्ब २६ करोड बढी बिगो माग दावी गर्दै ५५ जना विरुद्ध मुद्धा दायर
काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ अर्ब २६ करोड बढी बिगो माग दावी गर्दै पोखरा विमानस्थल भ्रष्टाचार काण्ड सम्बन्धी मुद्धा अदालतमा दायर गरेको छ । आइतबार अख्तियारले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो माग दावी गर्दै ५५ जना विरुद्ध मुद्धा दायर गरेको हो ।
अख्यितयारले तत्कालीन ५ जना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपममा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दीपकचन्द्र अमात्य, तत्कालीन अर्थमन्त्री रामशरण महतविरुद्ध मुद्दा दायर भएको हो ।
यस्तै, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिवहरू सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका सचिव भेषराज शर्मा, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी समेत ५५ जना विरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ को. लिमिटेडमाथि पनि गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र भएको छ ।


तपाईको प्रतिक्रिया दिनुहोस