Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

समाचार

रिलायन्स स्पिनिङ मिल्सले ट्रंक तथा डेडिकेटेड लाइनको प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता बुझायो


काठमाडौं—रिलायन्स स्पिनिङ मिल्सले ट्रंक तथा डेडिकेटेड लाइनको प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता तिरेको छ । बिहीबार  रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता वापत बुझाएको हो ।

किस्ता बुझाएछि रिलायन्सको काटिएको विद्युत लाइन जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  रिलायन्सको कुल बक्यौता ७५ करोड ३७ लाख रूपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

वि.सं. २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुल तिर्न बाँकी रहेको थियो । यसअघि प्राधिकरण बक्यौता तिर्न ताकेता गर्दापनि नतिरेपछि ४ कात्तिकबाट लाइन काटिदिएको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट