समाचार
एनआईसी एसिया बैंकका सिईओले दिए राजीनामा

न्यौपानेको फेसबुकबाट
काठमाडौं—एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशनकुमार न्यौपानले राजीनामा दिएका छन् । बिहीबार न्यौपानेले पदबाट राजीनामा दिएको बैंक उच्च स्रोतले जनाएको छ ।
बिहीबार नै बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरिसकेको छ । न्यौपानेको राजीनामा स्वीकृत भएसँगै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष राठीलाई दिइएको छ । उनी यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
०७९ कात्तिकमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका न्यौपानेले पदावधि बाँकी छदैं राजीनामा दिएका हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस