Techie IT
२०८२ भाद्र ३१, मंगलबार

समाचार

अर्थ मन्त्रालयको कार्यभार रामेश्वर खनाललाई, टुक्रे आयोजना कार्यन्वयन नगर्ने पहिलो निर्णय


काठमाडौं—जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थ मन्त्रीको जिम्मेवारी रामेश्वर खनालले पाएका छन् । सोमबार राष्ट्रपति कार्यलय शितलनिवासमा सपथ ग्रहण गरेसँगै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । 

पदभार ग्रहणपछि उनले पहिलो निर्णय पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने गरेका छन् । खर्च कटौती गर्न यो निर्णय गरिएको उल्लेख गर्दै उनले युवाको माग पूरा गर्ने र निर्वाचन गर्ने आफ्नो प्राथमिकता भएको बताए । 

१०० जना युवाले ज्यान दिएर ल्याएको अहिलेको अवस्थामा विध्वंस भएपनि ठूलो परिवर्तनका लागि भएको बताए । ‘त्यही कारण हामीले यो जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने । 

भ्रष्टाचार अन्त्य गर्ने युवाहरुको मागअनुसार अब सबैले काम गर्नुपर्ने पूर्व अर्थसचिवसमेत रहेका खनालले बताए । उनले विगतमा गल्ती गर्नेहरु कारवाहीमा आउने र अब गल्ती गर्नेहरुले माया नपाउने बताए ।  

६ महिनाभित्र निर्माण गर्ने र सिंहदरबारसहितका सार्वजनिक सम्पत्तिको पुनः निर्माणमा पनि लाग्नुपर्ने उनले बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट