समाचार
उर्जामन्त्री कुलमानको पहिलो निर्णय डेडिकेटेड लाइनको बक्यौता उठाउने

काठमाडौं—नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् ।
डेडिकेटेड र ट्रक लाइन सुविधा लिएका उधोगले सवा ८ अर्ब रुपैयाँ विद्युत प्राधिकरणलाई तिर्न बाँकी छ । उनले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उक्त बक्यौता उठाउने प्रयास गरेपनि राजनीतिक नेतृत्वको साथ नपाउँदा असफल भएको थियो ।
घिसिङले जेन—जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उर्जासँगै सहरी विकास र भौतिक पूर्वाधारजस्ता शक्तिशाली मन्त्रालयको जिम्मेवारी पनि पाएका छन् ।
पदभार ग्रहणपछि बोल्दै उनले मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अगाडि बढाइने बताए । उनले अब हिंसा नभएर मुलुकको पुनः निर्माणमा लाग्नुपर्ने बताए । उनले पुनः निर्माणको खाका सात दिन भित्र ल्याउने घोषणा समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस