Techie IT
२०८२ भाद्र १६, सोमबार

मन्जुश्री फाइनान्सको खुद नाफामा ४० प्रतिशतको बढोत्तरी


काठमाडौं-मन्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार संस्थाको  खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले ३१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष संस्थाले २२ करोड ४६ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा संस्थाको खुद नाफा बढेको हो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको तुलनामा १६.५१ प्रतिशतले बढेको हो । साथै, संस्थाको सञ्चालन मुनाफा ४८.५० प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाको वितरण योग्य मुनाफा ३५ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

संस्थाको निक्षेप २५.८९% ले बृिदॄ भै २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा १९.६५% ले बृिदॄ भै १८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको मन्जुश्रीको रिटेन्ड अर्निङ ७३ करोड ८२ लाख रुपैयाँ, र जगेडा कोषमा समेत ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा संस्थाको खराब कर्जा ३.२२ प्रतिशतबाट घटेर ३.११ प्रतिशत पुगेको छ । नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी ६ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ २६ पैसा पुगेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा रहेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.७९ गुणा छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट