Techie IT
२०८२ भाद्र १६, सोमबार

१० अर्ब बढी लागतमा पाटन अस्पतालको अत्याधुनिक भवन बन्दैं, १२०० शय्यामा स्तरोन्नती हुने


काठमाडौं—झण्डै ११ अर्ब लगानीमा पाटन अस्पतालको स्तरोन्नती गरिने भएको छ ।  अहिले ६०० शय्यामा सञ्चालनमा रहेको अस्पताल १० अर्ब ७३ करोड २३ लाख ५४ हजार ६७९ लागतमा १२०० शय्यामा स्तरोन्नती गरिने भएको हो ।

ललितपुर महानगरपालिका—५ लगनखेलमा अस्पतालको १२०० शय्याको नयाँ भवन बनाइने छ । प्रस्तावित १२०० शय्याको अस्पतालका स्तरोन्नतीका लागि आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन समेत वन तथा वातावरण मन्त्रालयमा पास भइसकेको छ । 

१२०० शय्याको अस्पताल सञ्चालनका लागि लागि १० तलाको भवन बनाइनेछ । जसमा दुई तला बेसमेन्ट, भुइँ तला र ८ तला रहनेछन् ।

भवन निर्माण सुरु भएको ३६ महिना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो अस्पतालको १० तलाको अत्याधुनिक भवन अस्पतालको नाममा रहेको २६,०५४.८४ वर्गकिलोमिटर क्षेत्रफलमा बन्नेछ । भवन बनिसकेपछि हाल ६०० शय्या सञ्चालनमा रहेको अस्पताल १२०० शय्याको हुनेछ ।

जनशक्ति हिसाबले ६०० शय्यामा चलिरहेको पाटन अस्पतालमा प्रशासन तथा व्यवस्थापन र क्लिनिकल गरी जनशक्ति ७३ जना पुग्नेछ छ भने क्लिनिकल सेवातर्फको जनशक्ति २४५५ जनाले रोजगारी पाउनेछन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट