कारोबारमा किष्ट मेडिकल कलेज अर्ब क्लबमा

काठमाडौं—ग्वार्कोस्थित किष्ट मेडिकल कलेज प्रा.लि.को कारोबारका वार्षिक कारोबारका हिसाबले ६ वर्षमा पहिलो पटक अर्बको क्बलमा पुगेको छ । ३०० शैय्याको मेडिकल कलेज तथा शिक्षण अस्पताल किष्टले आर्थिक तथ्यांकले सन् २०२४ मा १ अर्ब २ करोड बढीको कारोबार गरेको देखिन्छ ।
कारोबारका हिसाबले निरन्तर उकालो यात्रा गरिरहेको किष्ट मेडिकल कलेजको कारोबार ६ वर्षअघि ५० करोड रुपैयाँको थियो । किष्ट मेडिकल कलेजले सन् २०२३ मा ८३ करोडको कारोबार गरेको उसको फाइनान्सियल तथ्यांकमा उल्लेख छ ।
सन् २०२२ मा किष्टले ६८ करोड रुपैयाँको कारोबार गरेको थियो । सन् २०२१ मा किष्टको कारोबार अघिल्लो वर्षको तुलनामा झण्डै एक करोड बढीले कमी आएको थियो । उक्त वर्ष उसले ५१ करोड बढीको कारोबार गरेको थियो ।
सन् २०२० मा भने किष्टको कारोबार ५२ करोड रुपैयाँ थियो । सन् २०१९ मा भने किष्ट मेडिकल कलेजले ५० करोड रुपैयाँको कारोबार गरेको थियो ।
सन् २००७ मा स्थापना भएको किष्ट मेडिकल कलेजले एमबीबीएस, बिडिएस, पिजीसँगै पारामेडिकलतर्फका बी फर्मा, बीएस्सी एमएलटीलगायतका चिकित्सा शिक्षाका कार्यक्रम संचालन गर्दै आएको छ । किष्ट मेडिकल कलेजमा अध्यक्ष आशिष थापाको सबैभन्दा बढी स्वामित्व रहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस