Techie IT
२०८३ वैशाख ११, शुक्रबार

समाचार

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीद्वारा व्यवसायी शेखर गोल्छा पक्राउ



काठमाडौं—केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । बिहीबार साँझ नक्सालबाट गोल्छालाई पक्राउ गरिएको सिआईबीका प्रवक्ता शिव श्रेष्ठले जानकारी दिए । 

गोल्छालाई विवादास्पद व्यवसायी दिपक भट्टसँग जोडिएको केसमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । 

हिमालय रि इन्स्योरेन्सको रकम दुरुपयोग गरी भट्ट, सुलभ अग्रवालकी श्रीमती सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरको व्यक्तिगत नाममा सेयर किनेर त्यसलाई राफसाफ गर्ने कार्यमा सहयोग गरेको आरोप गोल्छामाथि नेपाल धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले लगाएको छ ।


गोल्छा केही समय हिमालय रिइन्स्योरेन्सको अध्यक्ष बनेका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट