Techie IT
२०८३ वैशाख ९, बुधबार

समाचार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त


काठमाडौं—सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त  गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरेको हो ।

सरकारले समितिको अध्यक्षमा प्युठानका डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ । यस्तै, सदस्यहरुमा धादिङका नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए । 

२४ चैतमा सरकारले यसअघिका समितिका अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले पदबाट दिएको राजीनामा स्वीकृत गरेको थियो । उनीहरुको राजीनामा स्वीकृत भएसँगै समितिको अध्यक्ष र दुई सदस्य पद रिक्त रहेको थियो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट