काठमाडौं—गृह मन्त्रालयको पहलमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीरकणको अनुसन्धाका क्रममा देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी लिएको हो ।
स्रोतकाअनुसार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइएको हो । हाल देउवा दम्पत्ति विदेशमा छन् ।
विभागले पत्राचारपछि देउवा दम्पत्तिमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान अगाडि बढाएको स्रोतको दावी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस